ईदी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओको ऐजेन्डासहित साधारणसभा सम्पन्न


काठमाडौं
ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले बिहीबार बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा कम्पनीका सञ्चालक, शेयरधनी तथा अन्य आमन्त्रित अतिथिहरु उपस्थित थियो । कम्पनी अन्र्तगत सञ्चालनमा रहेको आयोजनाले मिती २०८२ बैशाख देखि विद्युत उत्पादन गरी बिक्री वितरण गर्दै आईरहेको छ ।

कम्पनीले आइपिओको ऐजेण्डा सहित आ.ब. २०८१÷८२ को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृती, आ.ब. २०८२÷८३ को लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक स्वीकृती, व्यक्ती वा संस्थाहरुलाई रणनैतिक साझेदारको रुपमा संस्थापक शेयरधनी भित्राउनेलगायत प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन सहितका ऐजेन्डाहरु पारित गरेको छ । साथै कम्पनीले निर्वाचन पक्रियाबाट सञ्चालक समितीसमेत चयन गरेको छ ।

नयाँ सञ्चालक समितिमा युरेसमान कायस्थ, आनन्ध चौधरी, कृष्ण प्रसाद खाताखो, तीर्थराज पुरी र दिपिका प्रधान चयन भएका छन् । सभामा अध्यक्षले आगामी दिनहरुमा कम्पनीले अन्य आयोजनाहरुमा लगानी गर्दै जाने योजनासमेत रहेको सभा समक्ष जानकारी गराउनु भएको छ ।