काठमाडौं
कपिलवस्तुमा अवस्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रालिमा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीका अध्यक्ष अर्जुन चौलागाईकै नेतृत्वमा यो नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको हो । चौलागाईसँगै हाल अमेरिकामा १५ बर्ष देखि निर्माण र अन्य विभिन्न व्यवसायमा संलग्न रहनुभएका एनआरएन विषम पाण्डे र नेपालमा विभिन्न पेशा र व्यवसायमा सक्रिय शालिक पाठकले उद्योगमा नयाँ ऊर्जा, लगानी र दिगो सञ्चालनको दृष्टिकोणसहित तयारी तीव्र रुपमा अगाडि बढेको छ
विगत केही वर्षदेखि सीमित मात्रामा सञ्चालनमा रहेको गणपति सिमेन्टलाई अब पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित कार्ययोजना अघि बढाइएको कम्पनीका स्रोतले जनाएको छ ।
नेपालमा निर्माण र पूर्वाधार विकासका क्षेत्रमा देखिएका चुनौतीबीच पनि हामीले गणपति सिमेन्टलाई पुनः सञ्चालनमा ल्याई देशको निर्माण क्षेत्रमा योगदान पुर्याउने दृढ संकल्प कम्पनीले लिएको छ । नयाँ लगानीकर्ता समूहको प्रवेशपछि कम्पनीले गुणस्तरीय उत्पादन, स्थायी रोजगारी सिर्जना र देशको निर्माण क्षेत्रको माग पूरा गर्न निरन्तर काम गर्ने जनाएको छ ।
गणपति सिमेन्ट इन्डस्ट्रीज प्रालिले भविष्यमा उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र दिगो बजार सञ्जाल निर्माणलाई प्राथमिकता दिने योजनासमेत सार्वजनिक गरेको छ ।











प्रतिक्रिया