काठमाडौं
विश्व नैतिकता दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीले दैनिक अभ्यासमा इमानदारी, पारदर्शिता र नैतिक मापद०८ कायम राख्ने आफ्नो प्रतिब४तालाई कायम राख्ने प्रतिज्ञा गरेका छन् । बैंकका सम्पूर्ण कर्मचारीले कार्यस्थलमा नैतिक व्यवहार र जवाफदेहिता प्रवद्र्धन गर्ने प्रतिबद्धता लिएका हुन् ।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पूर्ण कर्मचारीलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराउनुभएको थियो । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख सञ्चालन अधिकृत विकास आनन्द, प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमुख अनुपालन अधिकृत, विष्णुदेव यादव, सहायक महाप्रबन्धक, अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीको उपस्थिति रहेको थियो । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीले समेत आ–आफ्ना कार्यालयमा प्रतिज्ञा लिएका थिए ।
नेपाल एसबिआई बैंक लिले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।











प्रतिक्रिया