तिहारको भाइटीकाको अवसर पारेर आगामी कात्तिक ६ गते रिलिजमा आउने फिल्म वरिष्ठ बलरामको हालै राजधानीमा आयोजित कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ।

दयाहाङ राई र विजय बरालको शीर्ष भूमिका रहेको फिल्मको ट्रेलरमा खोलाको ढुंगा र बालुवा उत्खनन्का ठेकेदारको खोलामा अर्का युवाले आ“खा गाडेपछिको नोकझोंक प्रस्तुत गरिएको छ। वरिष्ठ पात्रका रूपमा देखिएका दयाहाङको अघिपछि केटाहरूको ग्याङ लिए रबाफका साथ हि“डिरहेको देखिने बलराम बनेको विजय समृद्धि अर्यालको प्रेममा देखिन्छन्।
फिल्म सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलद्वारा निर्देशित फिल्ममा दयाहाङ, विजय र समृद्धिका साथमा पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरीलगायतले अभिनय गरेका छन्।
आन्भी फिल्म्स्को सहकार्यमा वृषभ सिद्धि इन्टरटेनमेन्टद्वारा प्रस्तुत फिल्म आशीष तामाङ र श्रीराज कार्कीले निर्माण गरेका हुन्।
अभिनेता दयाहाङ राईले फिल्म स्थापित र उदयीमान युवाबीचको संघर्षको कथामा आधारित रहेको जानकारी गराए। दयाहाङले स्थापित भइसकेको पात्रको भूमिका निर्वाह गरेका छन् भने विजयले उनलाई चुनौती दिने पात्रका रूपमा अभिनय गरेका छन्। आवरणमा प्रतिष्ठित र वरिष्ठ भनाउन र देखाउन रुचाउने चरित्र हरेक व्यक्तिमा हुने दयाहाङले बताए।
‘मान्छे जस्तोसुकै होस् आवरणमा भने समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो’ दयाहाङले भने ‘यो फिल्मममा मेरो क्यारेक्टर त्यही छ।’ अर्का अभिनेता विजय बरालले फिल्म सामान्य व्यक्तिबाट वरिष्ठ हुने चाहना राख्ने सोचको कथा भएको जानकारी गराए। उनले सिनियर कलाकार दयाहाङस“ग फिल्मममा घम्साघम्सी र टकराब लिन केही कठिन भएको बताए। अभिनेत्री समृद्धि अर्याललले आफू फिल्ममा देखावटी उपस्थिति मात्र नरहेको बताइन्। ‘म जहा“–जहा“ आउ“छु, त्यहा“ इम्प्याक्टफुल भूमिका छ’ समृद्धिले सुनाइन् ‘दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका छ।’











प्रतिक्रिया