मन्जुश्री फाईनान्स लिमिटेडको सहयात्राको १८औं वर्षमा


काठमााडौँ
मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो सहयात्राको अठारौँ बर्ष सफलतापूर्वक पार गरेको छ । यस वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना सम्पूर्ण देशविदेशमा रहनुभएका ग्राहक महानुभाव, शुभेच्छुक, शेयरधनी, नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारीप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

ग्राहकको अटुट साथ, माया र विश्वासले नै यो १८ वर्षे यात्रा सफल, सुदृढ र सार्थक बनेको भन्ने फाईनान्स कम्पनिको विश्वास रहेको छ । यो सहयात्राको सम्बन्ध नै आफ्नो सबैभन्दा ठूलो पुँजी हो भन्ने मान्यता फाईनान्सको रहेको छ ।

हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरि करिब १९.२ अर्ब कर्जा परिचालन गरेको यस मन्जुश्री फाईनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ । हालको मिति सम्म १ लाख ५५ हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

आउँदा दिनमा पनि ग्राहकको यही विश्वासलाई कायम राख्न, सेवालाई निरन्तर रुपमा नविनतम बनाउन, र ग्राहकवर्गको वित्तीय आवश्यकता साकार पार्न अझ बढी समर्पित रहन्छौ भन्ने प्रण फाईनान्सको रहेको छ ।