वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ


काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाललाई घुससहित नियन्त्रणमा लिएको छ।

दाहालले विभिन्न सप्लायर्स र ठेकेदारलाई भुक्तानीका क्रममा घुस रकम लिई आफ्नो कार्यकक्षमा लुकाइराखेको भन्ने सूचनाको आधारमा टोली खटिएको थियो।
सो क्रममा उनलाई १ लाख २० हजार ८ सय ५० रुपैयाँ नगद, एक थान मोबाइल फोन र सम्बन्धित कागजातसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

दाहालमाथि थप अनुसन्धान जारी रहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।