सुनसरीको मेहता टोलबाट पटका बरामद


सुनसरी। 

सुनसरीको  कोशी गाउँपालिका–१ मेहता टोलस्थित सीमा इलाकाबाट आइतबार  सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका पटका बरामद गरेको छ ।

भारतबाट अवैध रुपले अपरिचित व्यक्तिले बोकेर ल्याउँदै गरेको पटका सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट लौकहीले बरामद गरेको हो ।

बरामद पटका स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मी र संचारकर्मीको रोहवरमा नष्ट गरिएको छ ।