ग्लोबल आइएमई बैंकको लाभांश घोषणा


काठमाडौँ
ग्लोबल आइएमई बैंकले लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले कर प्रयोजनार्थ सहितको नगद लाभांश वितरण गर्ने बताएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ ।