रसुवाको टिमुरेमा करेन्ट लागेर मृत्युु

मृतकलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै धारापानिका स्थानिय ले आईतवार विहान देखि पासाङ ल्हामु सडक खण्ड अवरूद्व

2.26k
Shares

रसुवा ।

रसुवा को गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरे नजिकै बालुवा खानिमा मा शनिवार करिव १ वजेर १५ मिनेट को समयमा करेन्ट लाग्दा एक जना को मृत्यु भएपछि उचित क्षतिपूर्ति को माग राख्दै कालिका ३ बेतिनि,थाक्ले र धारापानि ले आईतवार विहान देखिनै पासाङल्हामु सडक अवरुद्ध गर्दै विरोध प्रर्दशन गरेका छन ।

जिल्ला प्रहरी कार्यालय रसुवाको अनुसार सडक निर्माण कार्य गर्दै गर्दा स्काभेटर चालक ५० वर्षिय शिव पौडेलको करेन्ट लागेर घटनास्थल मा नै भएको र उक्त घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ भने उक्त मृतक कालिका ३ का स्थानीयवासि रहेका छन।

घटना लाई लिएर मृतकलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै कालिका ३ वेतिनि,थाक्ले र धारापानिका स्थानीय ले आईतवार सडक अवरुद्ध गर्दै मृतकका परिवार आफन्त समेत सडकमा उत्रिएका थिए ।

उनिहरूले शनिवार घटना भएपछि सम्वन्धित निकायहरूले ध्यान नदिएको भन्दै आक्रोशित वने का थिए ।साथै रसुवागढि जलविद्युत आयोजना र स्थानिय प्रशासन को ध्यानाकर्षण गराउदै छिटो माग लाई समाधानका लागि आग्रह गरेका छन ।