एटीएमबाट नगद झिक्ने सीमा घट्यो


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले एटीएमबाट नगद झिक्ने सीमा घटाएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै केन्द्रीय बैंकले नयाँ सीमा निर्धारण गरेको हो । अब डेबिट कार्डमार्फत एक पटकमा २० हजार रुपियाँ मात्र झिक्न सकिनेछ । यसअघि यो सीमा २५ हजार रुपियाँ थियो।

त्यस्तै, प्रतिदिनको निकासी सीमा १ लाखबाट घटाएर ५० हजार रुपियाँ र प्रतिमहिनाको सीमा ४ लाखबाट घटाएर ३ लाख रुपियाँ तोकिएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई सुरक्षित र प्रभावकारी बनाउन उक्त व्यवस्था लागू गरेको जनाएको छ ।