मौलिक प्रेम कथा भनिएको फिल्म मैझारोमा समावेश गीत तिमीलाई के थाहा सानु ओएसआरको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई प्रस्तुत गरिएको छ। गीतमा धिरज र मिरुना प्रेमिल जोडीका रूपमा प्रस्तुत छन्। लभ सङ फिल्मको कथाअनुसार सुट गरिएको निर्माण पक्षको भनाइ छ। लोकप्रिय हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को डेब्यु निर्देशनमा बनेको मैझारोको पहिलो गीतबाट नै फिल्मले हाइप लिएको छ। गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर, गायक अनमोलकै शब्द संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ।
धिरज र मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, विशाल लिम्बूलगायतका कलाकारले अभिनय गरेको फिल्म तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारीलगायतको स्वर तथा सौरभ लामाको छाया“कन रहेको छ। फिल्म आगामी कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुनेछ।
रिलिज डेट नजिकिएसगै फिल्मको प्रचारप्रसार गर्न थालिएको छ। यस क्रममा पूर्वका विभिन्न सहरमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ भने पूर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारोमय बनाइएको छ। निर्देशक तथा निर्माता विल्सन विक्रम राई फिल्मलाई दर्शकमाझ पु¥याउन कसिएर लागेका छन्। उनी आप्mनै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई ह“साउ“दै सांगीतिक धमाका दिइरहेका छन्। उनलाई गायक राजेश पायल राई, संगीतकार तथा गायक अनमोल गुरुङका साथै फिल्मका मुख्य कलाकारले साथ दिइरहेका छन्।











प्रतिक्रिया