संगीतमा चाडबाड


चाडबाडलाई लक्षित गर्दै चाडबाड बोलकै गीत सार्वजनिक गरिएको छ। गीतले विशेष गरी बाबु विदेशमा रहेका कारण चाडपर्वमा परिवार एकै ठाउँमा हुन नसक्दाको भावना पोखिएको छ।

गीतमा एक छोरीले बुबासँग चाडबाडमा सँगै हुन नसकेको पीडा पोखेकी छिन्। बुबा पनि परदेशमा बस्दा परिवार र चाडपर्वको रमाइलो सम्झिँदै दुःखी भएको भावना गीतमा छ।

विजय शंकरको स्वर, शब्द र संगीत छ। उनलाई स्वरमा छोरी प्रिस्किला शंकरले साथ दिएकी छिन्। दीपकराज विश्वकर्माको निर्देशनमा बनेको भिडियोमा उनका साथमा अजिता विश्वकर्मा, आज्ञा बस्नेत र आदिम विश्वकर्माले अभिनय गरेका छन्। सुबिन गोदारले छाया“कन गरेको भिडियो दिल्सन शाहले सम्पादन गरेका छन्।