काठमाडौँ ।
देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ । राति कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ, बाँकी स्थानमा मौसम सफा रहनेछ ।











प्रतिक्रिया