कुमारी बैंक र जिआइजेड नेपालबीच नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवद्र्धनका लागि सम्झौता


काठमाडौँ ।

नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक लिमिटेड र गेसलशाफ्ट फ्योर इन्टर्नेशनाले जुसामेनआर्बाइट (जिआइजेट) नेपालबीच सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (सेटफोर नेपाल) परियोजनाअन्तर्गत .सम्झौतामा हस्ताक्षर भएको छ ।

यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात—विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको (इएमबीएस) स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग प¥याउने विश्वास कम्पनीले गरेको छ ।

सेटफोरएनपीएल परियोजना जिआइजेड नेपाल र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआइ) नेपालद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थासँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो । यो परियोजना मिटिगेसन एक्शन फ्यासिलिटी (एम–ए–एफ)को आर्थिक सहयोगमा सञ्चालन भईरहेको छ र यस कार्यक्रमले करिब ३ हजार ५ सय विद्युतीय मिनीबस (इएमबीएस) सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ, जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पु¥याउनेछ ।

आर्थिक सिमाबद्धतालाई ध्यानमा राखी यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । (सेटफोर नेपाल) परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेसन, जी–पी–एस डिभाइस, एलईडी रुट डिस्प्ले, र ओपन लूप ईटिकटिङ सिस्टम जस्ता डिजिटल सुविधाहरू समेत पनि प्रयोगमा ल्याईएको छ ।

यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेलाई विद्युतीय माइक्रो र मिनीबस (इएमबीएस) प्रयोग गर्न सहज बनाउनेछ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना (लोन प्याकेज) र प्रारम्भिक डाउन पेमेन्ट अनुदान (सबसिटी)को व्यवस्था गर्नेछ, जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउनेछ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।