जेनजी छलफलमा विवाद, राष्ट्रपतिको बैठक सोमबार सारियो


काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी प्रतिनिधिहरूबीच आज तय गरिएको छलफल सोमबारका लागि सारिएको छ।

राष्ट्रपतिको सचिवालयका अनुसार सहभागी प्रतिनिधिबारे विवाद उठेपछि छलफल सोमबार दिउँसो ३ बजे हुने भएको हो।

यसअघि शुक्रबार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा निर्वाचन तयारी र पछिल्लो राजनीतिक अवस्थाबारे चर्चा भएको थियो।