काठमाडौँ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आजबाट काठमाडौँमा सबै प्रकारका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शनमा रोक लगाएको छ।
विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली तथा प्रदर्शनहरूमा प्रतिबन्ध लगाइएको हो। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न, सार्वजनिक सम्पत्ति जोगाउन र सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।
स्थानीय प्रशासन ऐन २०२८ र प्रहरी ऐन २०१२ अनुसार निर्णय गरिएको जानकारी दिइएको छ।












प्रतिक्रिया