डोटीमा इभी गाडी दुर्घटना: एकको मृत्यु, २१ घाइते


काठमाडौं ।

डोटीको जोरायल गाउँपालिका–२ मा आज बिहान एउटा इभी गाडी दुर्घटना हुँदा २२ वर्षीया हरिना परियारको घटनास्थलमै मृत्यु भएको छ। अछामबाट धनगढी जाँदै गरेको सु.प.प्र.०१००१ ख ३९५६ नम्बरको गाडी अनियन्त्रित भई भीमदत्त राजमार्गमा दुर्घटनामा परेको हो।

दुर्घटनामा ६ बालबालिकासहित २१ जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ। घाइते सबैलाई उपचारका लागि धनगढी लगिएको छ। गाडी तीव्र गतिका कारण अनियन्त्रित भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।