काठमाडौं ।
कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको छ। शुक्रबार राति खाजा खाने क्रममा विवाद भएपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।
हत्या गरेपछि मृतकको टाउको बोकेर आत्मसमर्पण गर्न जाँदै गरेका उनीहरूलाई प्रहरीले सुखडमा नियन्त्रणमा लिएको हो। शवको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाले स्थानीयमा ठूलो त्रास फैलिएको छ।











प्रतिक्रिया