एजेन्सी।
क्रिस्टियानो रोनाल्डो फुटबलको इतिहासमा पहिलो अर्बपति फुटबलर बनेका छन् । ब्लूमबर्ग बिलियनेयर इंडेक्सको अनुसार लगभग १.४ बिलियन डलर रोनाल्डको सम्पत्ति रहेको छ । उनको यस आम्दानीमा साउदी अरेबियाको क्लब अल नासरसँग भएको सम्झौता पनि सामेल रहेको छ ।
मुख्य स्रोत
क्लबबाट तलब र बोनसः २०२३ मा अल नासरसँग आबद्ध भएपछि क्लबले रोनाल्डोलाई वर्षेनि कर मुक्त गरी २०० मिलियन डलरको तलब र बोनस दिइरहेको छ । क्लबले उनलाई बोनस स्वरुप ३० मिलियन डलर दिएको छ । ब्लूमबर्गको अनुसार २००२ देखि २०२३ सम्म उनले कूल ५५० मिलियन डलरभन्दा बढी तलबबाटै कमाएका छन् ।

ब्रांड एंडोर्समेंटः नाइकी, अरमानी, क्यास्ट्रोल जस्ता कम्पनीहरूसँग उनको ठूलो सम्झौताबाट पनि कमाइ भइरहेको छ । नाइकीसँगको १० वर्षको सम्झौताअनुसार उनले हरेक वर्ष १८ मिलियन डलर कमाउने गर्छन् । त्यस्तै अरमानी र क्यास्ट्रोलको साझेदारीबाट उनले १७५ मिलियन डलर आम्दानी गरेको जनाएको छ ।
बिजÞनेस वेंचर्सः उनको आफ्नै सीआरसेभेन ब्रांडको होटल, जिम र फेशन प्रोडक्ट्सहरूको बिजनेसले पनि उनको कमाइमा वृद्धि गरिरहेको छ । उनकै देश पोर्चुगलमा २० मिलियन यूरोको आफ्नै एक रिसोर्ट पनि छ ।
सोशल मीडिया फॉलोअर्सः इंस्टाग्राममा उनको ६६० मिलियनभन्दा अधिक फॉलोअर्स छ ,जसले उनको ब्रान्ड भ्यालुलाई झनै बढाएको छ । यसले उनी सबैभन्दा बढी फालोअर्स पाएका संसारकै व्यक्ति बनेका छन् ।











प्रतिक्रिया