राजेन्द्र बस्नेतको डेब्यु निर्देशनमा बनेको फिल्म प्रेम गीताको टिजर सार्वजनिक गरिएको छ।१ मिनेट ११ सेकेण्डको टिजर ओएसआरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। टिजरमा फिल्मका मुख्य कलाकार जान्हवी बस्नेत, साजिद खान, सुशिल पोखरेललगायतलाई प्रस्तुत गरिएको छ। टिजरले फिल्म लभ स्टोरी, बिछोड र एक्सनमा बनेको जनाउ दिएको छ। समसामयिक कथामा आधारित फिल्मको टिजरले प्रेमगीताको रहस्य खुलाउने प्रयास गरेको छ।
ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा साजिद खानद्वारा प्रस्तुत तथा अयाज अलि खानद्वारा निर्मित फिल्ममा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुस्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का, ममता माझीलगायतका कलाकारले अभिनय गरेका छन्।
फिल्ममा मौनता श्रेष्ठको लेखन, भरत बस्नेतको संगीत, राजु किरा“तको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र रामेश्वर हुमागाईको छायांकन रहेको छ। फिल्म आगामी माघ २३ गते रिलिजमा आउनेछ।











प्रतिक्रिया