सिद्धार्थ बैंकका ग्राहकलाई होलिडे इन् रिसोर्टमा १५% सम्म छुट


काठमाडौँ
सिद्धार्थ बैंक र होलिडे इन् रिसोर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले बुढानिलकण्ठस्थित होलिडे इन् रिसोर्ट काठमाडौँमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ननेछन् ।

यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।