विपद् जोखिम बढेपछि सडक विभागलाई उच्च सतर्कता अपनाउन निर्देशन


काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै सडक विभागका सबै कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

विज्ञहरूको विश्लेषण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा मन्त्रालयले इन्जिनियर र अपरेटरसहित कार्यक्षेत्रमै सुरक्षित रूपमा उपस्थित रहन आग्रह गरेको हो।

नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणगढ, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउने लगायतका सडक क्षेत्रमा उच्च जोखिम रहेकाले विशेष तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।