काठमाडौ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीमा जलसतह बढ्ने र साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।
कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका नदी तथा तिनका सहायक नदीमा उल्लेख्य वृद्धि हुने अनुमान छ।
ताप्लेजुङ, दोलखा, रसुवा, म्याग्दी, पाल्पा, सुर्खेत, बर्दिया, काठमाडौं, चितवन, कास्की, गुल्मी, दैलेख, दार्चुला, कञ्चनपुर लगायत जिल्लामा बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहने देखिएको छ।
महाशाखाले नदी किनारमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।











प्रतिक्रिया