धादिङ ।
मध्य धादिङको नीलकण्ठ नगरपालिका–८ र ज्वालामुखी गाउँपालिका–४ को सिमानामा रहेको दोभानटार धौखोला पुल बाढीले भत्काउदा यातायात पूर्णरूपमा बन्द भएको छ ।
पुल भत्किएपछि ससाह–धौखोला–अमाराई–मैदी सडकखण्डमा सवारी आवागमन बन्द भएको छ ।
दशैँ मनाउन घर आएका मैदी नलाङका बासिन्दा पुल्लबाट यातायात नचलेपछि हिडेर घरजान बाध्य भएका छन् ।
गत असारमा आएको बाढीले पुल क्षति बनाएपछि
असोज ९:१० गते सामान्य गाडी गुड्ने गरी मर्मत गरिएको पुल हिजो बेलुकीको वर्षातपछि पुनः भत्किँदै यातायात अवरुद्ध भएको हो ।
यो सडक नीलकण्ठ नगरपालिका, ज्वालामुखी र सिद्धलेक गाउँपालिकालाई जोड्ने प्रमुख मार्ग भए पनि स्थानीय सरकारहरु बेखबर जस्तै देखिएको स्थानीयवासीको आरोप छ ।
उनीहरूले चाडपर्वमा समेत सडक मर्मतमा बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्दै, सरकार नसक्ने हो भने श्रमदानमार्फत पुल बनाउन तयार रहेको जनाएका छन् ।
यो सडकमा हरेक दिन बस तथा साना सवारी आवतजावत गर्ने गरेका थिए ।











प्रतिक्रिया