असोज १७ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल


मेष : पछिसम्म फाइदा हुने व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवनसाथीसँग थप आत्मीय भाव बढ्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुनेछ । कर्मक्षेत्रको यात्रा हुने योग रहेको छ ।

वृष : व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउँदै जानेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ । छोटो दुरीको यात्रा हुने ग्रहयोग रहेको छ ।

मिथुन : सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन, अध्यापन तथा खोजमूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवनसाथीको सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

कर्कट : माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज रहनेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार वा चाडबाड लक्षित सामानमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रशन्न रहनेछ । भौतिक वस्तु तथा विलासी सामानको प्रयोगमार्फत अरूको मन आकर्षित गर्न सकिनेछ ।

सिंह : पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ भने प्रेममा रमाउन चाहने जोडीका लागि समयले साथ दिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरू जनमानसमा पुर्‍याउन सकिनेछ ।

कन्या : प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्ततः तपाईंको पक्षमा नतिजा आउँदा मन खुशी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढ्नेछ र विवाहमार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

तुला : कुनै काम सुरु गर्नु भन्दा पुरानै कामलाई निरन्तरता दिनुहोस् । चाहँदा चाहँदै पनि घरायसी सुविधा प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टर्नेछ तथा राजनीतिमा प्रतिस्पर्धीहरू हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

वृश्चिक : आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाइँदा मन प्रफुल्लित हुनेछ । मनपर्ने व्यक्तिबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । आर्थिक क्षेत्रसँग सम्बन्धित पेशाबाट लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

धनु : सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्यता बढ्नेछ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार आउनेछ भने आफन्तसँगको व्यापारबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लाग्नेछ । पराक्रम बढ्ने हुँदा जोसिलो काम गर्ने उत्साह आउनेछ ।

मकर : व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुँदा काम गर्ने जोश बढ्नेछ । माया प्रेममा विश्वास बढ्ने हुँदा मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्च गर्नेहरूले धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुशी रहनेछ ।

कुम्भ : काम गर्दा सावधानी अपनाउनुहोस् । खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा मन नलाग्ने हुँदा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबीच वैमनस्यता बढ्नेछ । घरभित्रकै मानिसबाट धोका हुने सम्भावना रहेकाले सचेत रहनुहोस् । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखिन सक्ने तथा उपचार खर्च बढ्ने योग छ । तरपनि लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाउनेछ ।

मीन : पुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचनात्मक हुँदै समाजमा नाम कमाउन सकिनेछ । सहभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीका लागि समयले साथ दिनेछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरूले पढाइमा प्रगति गरी आफन्त तथा गुरुजनलाई खुशी राख्न सक्नेछन् ।