“चाडपर्वले राष्ट्रिय एकता बलियो बनाउँछ: अध्यक्ष नेपाल”


काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग गर्ने बताएका छन्।

बडादसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधताबीचको एकता नेपालीको विशेषता भएको उल्लेख गरे।

नेपालले मौलिक चाडपर्वको संरक्षणमा जोड दिँदै दसैंले सामाजिक सहिष्णुता, आपसी मेलमिलाप र राष्ट्रप्रतिको प्रेम प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।