काठमाडौँ ।
नेपाली कांग्रेसले भदौ २३–२४ गते भएको हिंसा, लुटपाट, तोडफोड र आगजनीका घटनामा संलग्नलाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारलाई कडा चेतावनी दिएको छ।
पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी वक्तव्यमा ती घटनामा ७६ जनाभन्दा बढीको ज्यान गएको, सयौं घाइते भएको र ठूलो मात्रामा आर्थिक क्षति भएको उल्लेख गरिएको छ। कांग्रेसले शान्तिपूर्ण प्रदर्शनको नाममा योजनाबद्ध रूपमा हिंसात्मक कार्य गराइएको आरोप लगाउँदै गृह मन्त्रालयको परिपत्रले अपराधीलाई उन्मुक्ति दिने संकेत दिएकोमा आपत्ति जनाएको हो।
कांग्रेसले यस्तो कदमले संविधान र कानूनी शासनको अपमान गरेको भन्दै निष्पक्ष छानबिनको माग गर्दै प्रतिशोधमूलक राजनीति नगर्न आग्रह गरेको छ।












प्रतिक्रिया