काठमाडौं ।
आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर विशेष पूजाआराधना गरी मनाइँदैछ। नवदुर्गा भगवतीको पूजा गर्दै शक्तिपीठहरूमा जमरा चढाइने, दुर्गा सप्तशती, देवी भागवत, र देवी स्तोत्र पाठ गर्ने प्रचलन रहेको छ। कतिपय स्थानमा पशुबलि र पञ्चबलि दिइन्छ भने शाकाहारीहरूले कुभिण्डो, मूला, काँक्रो आदिबाट बलि चढाउँछन्।
महानवमीका दिन देवी सिद्धिदात्री, महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ। कोतघर, सेनाका ब्यारेकहरू र हनुमानढोका दरबारमा कोतपूजा र निशानापूजा गरिँदै छ। भक्तजनहरू शक्तिपीठमा पूजाआराधनाका लागि बिहानैदेखि लाम लागेका छन्।











प्रतिक्रिया