मेष : तपाईंका लागि दिन शुभ छ । राज्यबाट लाभ, यश–कृति, कार्य सिद्धि, मन प्रफुल्लित होला ।
वृष : दिउँसोसम्म स्वास्थ्यमा समस्या आउन सक्छ । मध्याह्नपछि राज्यबाट लाभ हुन सक्छ ।
मिथुन : पूर्वार्धमा धन लाभ होला । मध्याह्नबाट भने स्वास्थ्य गडबड, काममा बाधा आउन सक्छ ।
कर्कट : दिन अनुकूल भएकाले आर्थिक लाभ, विजय, पारिवारिक सुख, समस्या समाधान होला ।
सिंह : तपाईंका लागि दिन उत्तम छ । कार्य सफल, धन लाभ, विविध क्षेत्रमा विजय हुन सक्छ ।
कन्या : शुरुमा स्वास्थ्य समस्या हुन सक्छ । मध्याह्नबाट भने स्वास्थ्य लाभ एवं कार्य सफल होला ।
तुला : पूर्वाह्न लाभ–पराक्रम हुने देखिन्छ । तर दिउँसोदेखि विवाद, दिनचर्या अस्तव्यस्त हुन सक्छ ।
वृश्चिक : समय बलवान् भएकाले धन लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला ।
धनु : तपाईंको लागि समय उत्तम छ । खाद्यान्न प्राप्ति, भाग्योदय, कार्य सफल, सुख–सन्तोष होला ।
मकर : मध्याह्नसम्म तनाव हुन सक्छ । त्यसपछि भने उपहारादि वस्तु प्राप्तिको सम्भावना छ ।
कुम्भ : समय मिश्रित छ । शुरुमा उत्तम भोजन प्राप्ति होला तर दिउँसोबाट कष्ट हुने देखिन्छ ।
मीन : दिन उत्तम फलदायक छ । सुख–सन्तोष, पैसा प्राप्ति, मिष्ठान्न भोजन प्राप्ति हुन सक्छ ।











प्रतिक्रिया