दसैँमा हवाई टिकट पाउन मुस्किल, भाडा चर्को


काठमाडौं ।

दसैँको समयमा गाउँ जान चाहने यात्रुहरूका लागि हवाई टिकट पाउन मुस्किल भएको छ। अधिकांश गन्तव्यका टिकट एक महिनाअघि नै सकिएका छन् भने महँगो भाडामा पनि टिकट अभाव देखिएको छ। काठमाडौँ–धनगढीको हवाई भाडा १७ हजार रुपैयाँ नाघेको छ भने काठमाडौँ–विराटनगरको भाडा ९ हजार ७ सय रुपैयाँसम्म पुगेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले वायुसेवा कम्पनीलाई भाडा नघटेको भन्दै निर्देशन दिँदै आए पनि दसैँमा यात्रुको चापका कारण समस्या दोहोरिइरहेको छ। सरकारले तोकेको न्यूनतम र अधिकतम भाडाभित्र मात्रै टिकट बिक्री गर्न पाइने व्यवस्था भए पनि माग उच्च भएकाले महँगो टिकट मात्र उपलब्ध हुने अवस्था छ।

हवाई इन्धन, विमानस्थल शुल्क, कर, र एकतर्फी यात्रु चापका कारण भाडा चर्किएको वायुसेवा कम्पनीहरूको दाबी छ। दसैँमा हवाई चाप अत्यधिक रहेकाले दैनिक ४५० भन्दा बढी उडान भइरहेको त्रिभुवन विमानस्थलले जनाएको छ।

विशेष चाडपर्वमा हवाई सेवा सस्तो र सहज बनाउन नीतिगत सुधार आवश्यक देखिएको छ।