बागमतीमा २४ घण्टामा सवारी दुर्घटनाबाट १ को मृत्यु, ३३ घाइते


काठमाडौँ ।

पछिल्ला २४ घण्टामा बागमती प्रदेशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार धादिङ, मकवानपुर, चितवन, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली र रसुवामा मोटरसाइकल र गाडी दुर्घटनामा मानवीय क्षति भएको हो।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।