दशैंको रहर, वनहरा शिविरमा पीडाको भार”


काठमाडौ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित वनहरा शिविरमा बस्दै आएका २८ सुकुम्बासी परिवारका लागि यो वर्षको दशैं पनि पीडामै बितिरहेको छ।

भूमि तथा आवासको टुङ्गो नलाग्दा र दैनिकी मजदुरीमै निर्भर रहँदा शिविरवासीको दशैं खल्लो बनेको छ। बालबालिका, वृद्धवृद्धा र महिलामात्र बाँकी शिविरमा युवाहरू कामका लागि भारत गएका छन्।

त्रिपालमुनिको असहज बास, दैनिक दुई छाक खानाको अभाव र उपचारको पहुँच नहुँदा उनीहरूको दशैं थप पीडादायी बनेको हो।

समस्याबारे पटक–पटक स्थानीय तहमा गुनासो गर्दा पनि सुनुवाइ नभएको शिविरवासीको गुनासो छ। करीब दुई दशकदेखि बसोबास गरिरहे पनि जग्गा अझै निश्चित भएको छैन।