देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भूभागमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

आज राति कोशी, मधेश र बागमतीमा सामान्य बदली रहनेछ भने अन्य ठाउँमा आंशिक बदली रहनेछ। देशभर मनसुनी र स्थानीय वायूको प्रभाव देखिएको महाशाखाले जनाएको छ।