दसैँका लागि एकैदिन १ लाख ११ हजारभन्दा बढी काठमाडौं बाहिरिए


काठमाडौँ ।

दसैँ मनाउन काठमाडौं उपत्यकाबाट यात्रुहरूको चाप तीव्र रूपमा बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६१३ सवारी साधनबाट १ लाख ११ हजार ६३९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापना (असोज ६) देखि असोज १३ गते बिहानसम्म जम्मा ८३ हजार ८७ सवारी साधनमार्फत ४ लाख ६० हजार ९७७ यात्रु उपत्यका बाहिरिएका छन्।

उपत्यकामा भित्रिनेको सङ्ख्या पनि उल्लेख्य छ। सोही अवधिमा ६१ हजार ७८१ सवारी साधनमार्फत २ लाख ५२ हजार ७५५ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन्।

दसैँ नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुहरूको चाप अझै बढ्ने अनुमान गरिएको छ।