काठमाडौं ।
काठमाडौं महानगरपालिका–२०, भिमसेनस्थानस्थित एक कपडा गोदामबाट आज बिहान करिब ४:३० बजे सुरु भएको आगलागी ९:१० बजे नियन्त्रणमा आएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार मोहन शाहको दुईतले घरबाट सुरु भएको आगोले तीनवटा घर र एक मन्दिरलाई क्षति पुर्याएको छ।
दमकल, पानी ट्यांकी, नेपाली सेना र सुरक्षाकर्मीको सहयोगमा आगो निभाइएको हो। आगलागीको कारण यकिन नभए पनि क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया