मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो, आवागमन अवरुद्ध


काठमाडौ ।

आज दिउँसो  २:३० बजे तिर मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै पहिरो खस्दा दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

डिभिजनले तैनाथ गरेका ३ वटा उपकरण प्रयोग गरेर सावधानीपूर्वक पहिरो पन्छाउने कार्य भइरहेको छ।

मौसम र थप पहिरो नझरेको खण्डमा करिब २ घण्टामा सवारी आवागमन पुनः सुचारु हुने जनाइएको छ।