नेपाली हिन्दूहरूको महान् चाड दशैं सकिएपछि अर्को महत्वपूर्ण चाड तिहार आउँछ। तिहार शुरु हुँदा नहुँदै प्रतिक्षित फिल्म जेरी अन टप आउछ।
असोज ३१ बाट रिलीज हुने फिल्ममा समावेश कुरौनी बोलको गीत सार्वजनिक गरिएको छ। बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतप्रति दर्शकले राम्रो प्रेम दर्शाएका छन्। युट्यूबमा आक्रामक भ्यूज बटुलिरहेको गीतमा व्यक्त प्रतिक्रिया सकारात्मक छन्। गीत युट्ुबमा झन्डै ७ लाखले हेरिसेका छन् भने करिब १८ सय जनाले प्रतिक्रिया जनाएका छन्। दर्शकले फिल्मका मुख्य कलाकार अनमोल केसी र जसीता गुरुङको केमेस्ट्रिलाई उत्कृष्ट मानेका छन्। अनमोल र जसिताका साथमा आ“चल शर्मा, केदारप्रसाद घिमिरेलगायतले नृत्य गरेको भिडियोमा जसीताले गरेको नृत्यले प्रशंसा पाएको छ।
कालिप्रसाद बाँस्कोटाको स्वर, संगीत र शब्द रचना रहेको गीतको फिमेल भर्सनमा सोमिया बराइलीले स्वर दिएकी छिन्। भिडियोमा कोरियोग्राफी किरण थापाको छ। फिल्मको केहि अघि सार्वजनिक कस्तूरी बोलको गीत पनि सामाजिक सञ्जालमा ट्रेण्डिङमा छ। अनन्या फिल्म्स्को ब्यानरमा सरोज न्यौपानेद्वारा प्रस्तुत तथा भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र अनन्य न्यौपानेद्वारा निर्मित फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन्।
अनमोल र जसीतासँगै आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, सुरक्षा पन्तलगायले अभिनय गरेको फिल्ममा हेमराज बिसी कथाकार, साइरस पोखरेल क्रियटीभ राइटर, विस्वास तिमिल्सिना पटकथाकार, रक्षा थापा कास्टिङ डाइरेक्टर, दुलिप रेग्मी सिनेमाटोग्राफर र निमेश श्रेष्ठ सम्पादक रहेका छन्। फिल्ममा अनिरुद्व गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता, नविन घिमिरे र विवेक थापा एसोसिएट प्रड्युसर तथा मोति कार्की क्रियटीभ प्रड्यसुर रहेका छन्।











प्रतिक्रिया