भिडियोमा सम्झनाका पल


सम्झनाका पल बोलको गीत भिडियोहित सार्वजनिक गरिएको छ।गीतमा राज टाइगरको शब्द रचना, वसन्ती लामाको संगीत र गायक विवेक डोङको स्वर रहेको छ। गीतको भिडियोमा प्रेमिकाको निधन र सम्झनाका भाव समेटिएको छ। गीतप्रति स्रोता–दर्शकले सकारात्मक प्रतिक्रिया जनाएका छन्।

गोविन्द सोनीको मिक्सिङ र माष्टरिङ तथा विशाल योञ्जनको रेकर्डिङ रहेको गीत मुर्चुंगा स्टुडियोमा रकर्ड गरिएको हो। अडियो तथा भिडियो दुवैलाई सदीक्षा फिल्मले प्रस्तुत गरेको छ।

अमर ओलीको निर्देशन रहेको गीतको भिडियोमा सूर्य कुमार र रविना कार्कीको अभिनय रहेको छ। ज्ञानकुमारको कट्टेलको सम्पादन तथा रंग संयोजन पदम सुवेदी, मेकअप आर्टिष्ट मिरा लामा र पोस्ट–प्रोडक्सन सदीक्षा फिल्म्स्ले गरेको हो।
गीतको भिडियो सदीक्षा फिल्म्स् युटुबबाट सार्वजनिक गरिएको हो।