फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक १४ गतेका लागि रिलिज डेट घोषणा गरिएको फिल्म परानको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्।
दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा शंख फुक्दै गरेका शाहको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ। यसले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्वपूर्ण स्थान हुन सक्ने संकेत गरेको छ।
यसअघि सार्वजनिक फस्ट लुक्स पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइलीलाई प्रस्तुत गरिएको थियो। पोस्टरमा यी दुई एकअर्काको अंगालोमा छन्। अञ्जनाको सिउ“दोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको संकेत गर्दछ।
पोस्टरमा महेश केही गम्भीर मुद्रामा छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत भएकी छिन्। महेशको आखामा देखिएको गम्भीरताले उनीहरूको सम्बन्धमा कुनै चुनौती वा उतारचढाव आउन सक्ने समेत संकेत गर्छ।
सासले हैन, साथले चल्ने ट्यागलाइन राखिएको फिल्मले जीवनमा भौतिक अस्तित्व (सास) भन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको छ।
गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले निर्मँण गरेको फिल्म नीर शाह प्रमुख भूमिकामा छन्। उनको साथमा महेश र अञ्जनासहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काप्mले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारले अभिनय गरेका छन्। दीपक आचार्यकै कथा रहेको
फिल्ममा पटकथा र संवाद यम थापा, संगीत
रिदम कंडेल, स्वर प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाल, डिओपी शिवराम श्रेष्ठ र सम्पादन मित्र डि. गुरूङको रहेको छ। फिल्म दशैं र तिहारलगत्तै देशभरका हलबाट रिलिजमा ल्याइन लागेको बाइस्कोप सिनेमाका प्रबन्ध निर्देशक रञ्जित आचार्यले जानकारी गराएका छन्।












प्रतिक्रिया