काठमाडौँ ।
हाल देशभर मनसुनी प्रभाव कमजोर रहे पनि स्थानीय वायुको असरले पहाडी भूभागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने अन्य स्थानहरूमा हल्का वर्षा हुन सक्छ।
राति पनि कोशीसहित पहाडी क्षेत्रमा आंशिक बदली रही केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।











प्रतिक्रिया