मेष : धन लाभ, समस्या सुल्झने, मान–सम्मान होला तर दिउँसोदेखि कष्ट बेहोर्नुपर्ला ।
वृष : तपाईंका लागि दिन शुभ भएकाले धनप्राप्ति, परीक्षा, विजय, इज्जत–प्रतिष्ठा वृद्धि होला ।
मिथुन : सानै प्रयासमा कार्य सिद्धि, स्वास्थ्य लाभ, शत्रुमाथि विजय, सुख–शान्ति हुने देखिन्छ ।
कर्कट : शुरुमा पेट गडबड, अस्वस्थता हुन सक्छ । मध्याह्नदेखि भने समय सुखदायक छ ।
सिंह : धन प्राप्ति, प्रतिष्ठा बढ्ने देखिन्छ तर दिउँसोदेखि भने पेटमा समस्या, विवाद हुन सक्छ ।
कन्या : तपाईंका लागि दिन शुभ छ । धन लाभ, सुख–सन्तोष, पराक्रम वृद्धि, प्रसन्नता होला ।
तुला : समय अनुकूल भएकाले अन्नलाभ, व्यापारिक सफलता, उपहार प्राप्तिको सम्भावना छ ।
वृश्चिक : व्यर्थमा धन र समयको खर्च हुन सक्छ । दिउँसोदेखि समय शुभ भएकाले प्रसन्नता होला ।
धनु : शुरुमा मिष्ठान्न भोजन, द्रव्य लाभ, परिवार सुख होला । मध्याह्नबाट भने तनाव बढ्न सक्छ ।
मकर : समय उत्तम छ । रोगव्याधि हरण, स्फूर्ति बढ्ने, इष्टमित्रसँग भेटघाट, धन लाभ हुन सक्छ ।
कुम्भ : राज्यसुख, कार्य सिद्धि, शारीरिक स्वस्थता, कामकाज सफल, प्रसन्नता हुने सम्भावना छ ।
मीन : समय मिश्रित छ । धन नाश, कार्य असफल तर मध्याह्नपछि राज्यसुख, मानसिक स्फूर्ति होला ।











प्रतिक्रिया