फुटबल इतिहासका १० उत्कृष्ट अग्रपङ्क्ति त्रयहरू

2.16k
Shares

फुटबल सधैं व्यक्तिगत प्रतिभाका लागि चर्चित रहँदै आएको छ । तर, जब तीन जना असाधारण खेलाडीहरू एउटै अग्रपङ्क्तिमा तालमेलका साथ खेल्छन्, तब उनीहरूले उपाधि जित्ने मात्रै होइन, पूरै युग परिभाषित गर्ने सामथ्र्य राख्छन् । त्यस्ता त्रयहरूले विपक्षी रक्षापंक्तिहरूलाई भत्काउने मात्र होइन, क्लब र देशका लागि ऐतिहासिक सफलताको ढोका खोल्ने काम पनि गरेका छन् । चाहे “टोटल फुटबल” को उदय होस् वा आजका यन्त्रवत् रणनीतिमा आधारित प्रणालीहरू, तीन जना प्रतिभावान् खेलाडीबीचको समझदारीले सँधै अमित छाप छोडेको छ । यहाँ प्रस्तुत छ फुटबल इतिहासका दश अविस्मरणीय अग्रपङ्क्ति त्रयहरूको कथा ।

मेस्सी, स्वारेज र नेयमार (एफसी बार्सिलोना –“एमएसएन”)

सन् २०१४ देखि २०१७ सम्म एफसी बार्सिलोनाको अग्रपङ्क्तिमा लियोनेल मेसी, लुइस स्वारेज र नेयमारले आक्रमणको परिभाषा नै फेरिदिए । “एमएसएन” नामले चिनिने यो त्रयले मात्र २०१४–१५ सिजनमा १२२ गोल गर्दा, अर्को सिजनमा झनै उचाइमा पुग्दै १३१ गोलको कीर्तिमान बनायो । मेसीको अद्भुत दृष्टि, स्वारेजको निर्घात फिनिसिङ र नेयमारको कौशलयुक्त ड्रिब्लिङले बार्सिलोनालाई ला लिगा, च्याम्पियन्स लिग, क्लब विश्वकपलगायतका थुप्रै उपाधिहरू जिताउन महत्वपूर्ण योगदान दिए । यद्यपि, पिएसजीमा मेसी, नेयमार र एम्बाप्पेले सम्भावनाको झल्को दिए पनि “एमएसएन” को जस्तो ऐतिहासिक उपस्थिति भने कायम राख्न सकेनन् ।

रोनाल्डो, बेन्जेमा र बेल (रियल मेड्रिड – “बीबीसी”)

“बीबीसी” भनेर चिनिने यो त्रय अर्थात् क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा र गेरेथ बेलले रियल मेड्रिडमा २०१६ देखि २०१८ सम्म युरोपेली फुटबलमा अभूतपूर्व सफलता हासिल ग¥यो । उनीहरूको त्रिकोणात्मक समन्वयले एकै सिजनमा ९७ गोल गर्दा क्लबले लगातार तीन च्याम्पियन्स लिग उपाधि जित्यो । रोनाल्डोको निर्णायक क्षमता, बेलको तीव्रता र बेन्जेमाको बुद्धिमानी संयोजनले बीबीसीलाई अविस्मरणीय बनायो । रोनाल्डोले क्लब छोडे पनि त्यो त्रयको प्रभाव आधुनिक फुटबलमा गहिरो बनेको छ ।

भान बास्टेन, गुलिट र राइकार्ड (एसी मिलान)

सन्् १९८० को अन्त्यतिर र ९० को सुरुवातमा एसी मिलानको डच त्रय अर्थात् मार्को भान बास्टेन, रूड गुलिट र फ्र्याङ्क राइकार्डले यूरोपेली फुटबलमा तहल्का मच्चाए । बास्टेनको फिनिशिङ, गुलिटको बहुमुखी आक्रमण शैली र राइकार्डको मध्यपंक्ति नियन्त्रणले मिलानलाई सिरी ए र च्याम्पियन्स लिगमा सफलता दिलायो । एरीगो साचीको रणनीतिक सोच र यी तीनजनाको तालमेलले मिलानलाई विश्वको सबैभन्दा डरलाग्दो टोलीमध्ये एक बनायो ।

सलाह, माने र फिर्मिनो (लिभरपुल –“एमएसएफ”)

मोहम्मद सलाह, साडियो माने र रोबर्टो फिर्मिनो २०१७ देखि २०२२ सम्म लिभरपुलको आक्रमणको मेरुदण्ड बने । उनीहरूको गति, प्रेसिङ र अचूक तालमेलले लिभरपुललाई च्याम्पियन्स लिग, प्रिमियर लिग, क्लब विश्वकप र सुपर कप जिताउन मद्दत ग¥यो । तीनै जनाले ३०० भन्दा बढी गोल गर्दा उनीहरूको संयोजन आधुनिक फुटबलको उच्चतम उदाहरण बन्यो । समर्थकहरूका लागि यो त्रय केवल खेलाडी मात्र होइन, एक युगको प्रतीक थियो ।

बेस्ट, चार्लटन र डेनिस ल (म्यानचेस्टर यूनाइटेड–“होली ट्रिनिटी”)

सन् १९६० को दशकमा म्यानचेस्टर युनाइटेडका जर्ज बेस्ट, बबी चार्लटन र डेनिस लले क्लबलाई युरोपको शीर्ष स्थानमा पु¥याए । तीनै जना ब्यालोन डी ओर अवार्ड विजेता बने, उनीहरूको खेलशैलीले एक अर्कालाई पूरक बनाउँथ्यो । बेस्टको ड्रिब्लिङ, ल को गोल गर्ने क्षमता र चार्लटनको नेतृत्व अद्वितीय थियो । सन् १९६८ मा युनाइटेडले युरोपियन कप जित्दा यो त्रय सबैभन्दा निर्णायक सावित भयो । आज पनि म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्ड बाहिर उनीहरूको मूर्ति गर्विलो इतिहास झल्काउँदै उभिएको छ ।

रिभाल्डो, रोनाल्डिन्हो र रोनाल्डो (ब्राजिल–“थ्री आर”)

सन् २००० को दशकको सुरुवातमा ब्राजिलियन राष्ट्रिय टोलीका तीन आक्रमणकर्मी रिभाल्डो, रोनाल्डिन्हो र रोनाल्डोले “साम्बा फुटबल” लाई विश्वमञ्चमा पुनःस्थापित गरे । सन् २००२ को विश्वकपमा उनीहरूले सात खेलमा १५ गोल गर्दै ब्राजिललाई कीर्तिमानी पाँचौं पटक उपाधि दिलाए । रोनाल्डोको तीव्र फिनिशिङ, रिभाल्डोको सशक्त प्रहार र रोनाल्डिन्होको जादुई ड्रिब्लिंगसहितको त्यो त्रय कहिल्यै बिर्सन नसकिने बन्यो ।

सिभोरी, चाल्र्स र बोनिपेर्टी (युभेन्ट्स–“एल त्रिओ म्याजिको”)

सन् १९५० को दशकको अन्त्यतिर युभेन्ट्सले कमजोर अवस्था पार गर्दै सिभोरी, जोन चाल्र्स र जियाम्पिएरो बोनिपेर्टीको त्रयमार्फत पुनरुत्थान ग¥यो । शैली, बलियो शरीर संरचना र रणनीतिक समझदारीले यो अग्रपङ्क्ति “एल त्रिओ म्याजिको” को रूपमा चिनियो । तिनीहरूले क्लबलाई तीन सिरी ए र दुई कोप्पा इटालियाको उपाधि जिताउन मद्दत गरे । उनीहरुको संयोजन आज पनि युभेन्ट्सको इतिहासमा आदरका साथ लिइन्छ ।

डि स्टेफानो, जेन्टो र पुष्कास (रियल मेड्रिड– सन् १९५० दशक)

रियल मेड्रिडको पहिलो स्वर्ण युग निर्माण गर्ने अग्रपङ्क्ति थिए अल्फ्रेडो डि स्टेफानो, फ्रान्सिस्को जेन्टो र फेरेन्क पुष्कासको त्रिकोणात्मक अग्रपङ्क्ति । उनीहरूले क्लबलाई पाँचपटक लगातार युरोपियन कप जिताउन नेतृत्व गरे । सन् १९६० को फाइनलमा फ्रान्कफर्टमाथिको ७–३ को विजय ऐतिहासिक बन्यो । डि स्टेफानोको गोल क्षमता, जेन्टोको गति र पुष्कासको बायाँ खुट्टाको जादुई त्रय फुटबलको किंवदन्ती रह्यो ।

बेकहम, गिग्स र स्कोल्स (म्यानचेस्टर यूनाइटेड–सन् १९९०÷२००० दशक)

डेभिड बेकहम, रायन गिग्स र पल स्कोल्स म्यानचेस्टर युनाइटेडको एकेडेमीबाट आएका खेलाडी थिए । जसले क्लबलाई सफलता र स्थायित्व दुवै दिए । बेकहमका क्रस र घुमाउरा फ्रीकिकहरू, स्कोल्सको पासिङ र गिग्सको गति मिलेर सन् १९९९ मा युनाइटेडलाई प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग उपाधि जिताएर ऐतिहासिक “ट्रेबल” दिलाए । उनीहरूको संयोजन अहिले पनि क्लब संस्कृतिको जरामा बसेको छ ।

क्रुफ, काइजर र स्वार्ट (आयक्स–“टोटल फुटबल”)

सन् १९७० को दशकमा डच फुटबलले “टोटल फुटबल” मार्फत खेलको परिभाषा नै फेरिदियो । आयाक्सका योहान क्रुफ, पिएट काइजर र स्याक स्वार्ट यस दर्शनका मूल आधार थिए । उनीहरूको बल पोसेसन्मा आधारित शैलीले क्लबलाई लगातार तीन युरोपियन कप जिताउन सहयोग पु¥यायो । टोटल फुटबलले पछि पेप गुआर्डियोलाको “टिकी–टाका” शैलीमा समेत गहिरो प्रभाव पा¥यो ।