काठमाडौं।
प्रहरी सेवामा कठोर जिम्मेवारीसँगै गीत–साहित्यमा पनि जम्पलिने पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) तथा चर्चित गीतकार टेक तामाङले नयाँ गीत सार्वजनिक गरेका छन्। भदौ १९ गते नेपाल प्रहरीबाट अवकाश पाएका तामाङले आफ्नो टेक तामाङ अफिसियल युट्युब च्यानलमार्फत ‘जित्नेहरुको पनि हजार–हजार हार हुन्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
सत्यराज आचार्यको स्वरमा रहेको गीतमा राजकुमार बगरले संगीत भरेका छन् भने सञ्जिव बराइलीले एरेञ्ज गरेका छन्। गीतको म्युजिक भिडियोमा अभिनेता सरोज खनालसँगै यु–२० राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरुको अभिनय रहेको छ। भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्।
हार र जीत जीवनको अंग भएको सन्देश बोकेको यस गीतले “जित्नेहरुको पनि कहिलेकाहीँ हार हुन्छ” भन्ने जीवनदर्शन प्रस्तुत गरेको छ। टेक तामाङले प्रहरी पेसा र गीत–साहित्यलाई सँगसँगै अघि बढाउँदै आफूलाई ‘कलम र बन्दूक दुवैको संगम’का रूपमा प्रस्तुत गरेका छन्।
यसअघि सम्पन्न ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ पनि नेपाली गीत–संगीत क्षेत्रमा ऐतिहासिक कार्यक्रमको रूपमा चर्चित भएको थियो।











प्रतिक्रिया