काठमाडौँ।
निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।आयोगको आज बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको हो
आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्न बाटो खोलिदिन सरकारलाई आग्रह गरेअनुसार सरकारले उक्त बाटो खोलिदिएको थियो ।











प्रतिक्रिया