अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो फिल्म पेन्सनपट्टामा गुरुङ फिल्म जगत्का चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ थपिएका छन्।
अभिनेता विश्वास गुरुङले जुनी जुनी, तिमी नभए, म्हो, कुटुम्बेरी साइनो, फिच्यो, सिरसुवाजस्ता फिल्ममा अभिनय गरेका छन् भने अभिनेत्री माया गुरुङले ह्युल, च्यागी, घलेकमा अभिनय गरिसकेकी छन्। दुवै कलाकारले गुरुङ फिल्मबाट पहिलोपटक नेपाली रजतपटमा डेब्यु गर्न उत्साहित रहेको बताए ।
माओत्से गुरुङको निर्देशनमा निर्माण हुने फिल्मबाट मेन स्ट्रिमको फिल्ममा डेब्यु गर्न पाउ“दा झनै उत्साहित भएको उनीहरूले बताए। यसअघि फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।
आगामी कार्तिकबाट सुटिङ प्mलोरमा जाने फिल्मको शीर्षकबाट पूर्व लाहुरेको कथा जस्तो लागे पनि फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा देखाउने निर्देशक तथा निर्माता गुरुङले जानकारी गराए।माओत्से गुरुङ फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्ममा कथा पनि निर्देशक गुरुङको नै छ। फिल्मको सम्पूर्ण छायाकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ। सुशन प्रजापतिले खिच्ने फिल्मको कास्टिङ डिरेक्टर सुरज तमु हुन्।
निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो फिल्म बक्सअफिसमा हिट भएको थियो। चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि होमिएका छन्। उनले यसअघि गुरुङ भाषाका फिल्म पनि निर्देशन गर्दै आएका थिए।











प्रतिक्रिया