काठमाडौँ ।
हाल देशभर मनसुनी प्रभाव कमजोर भई स्थानीय वायुको प्रभाव देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
दिउँसो र राति कोशी र बागमती प्रदेशका केही पहाडी स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।











प्रतिक्रिया