पोल भल्टका सुपरस्टार खेलाडी दुप्लान्टिस


एजेन्सी

सन् १९८४ मा यूक्रेन तथा पूर्व सोभियत संघका सर्जीए बुब्काको विश्व रेकर्ड ५.८५ मिटर रहेको थियो । बुब्काले पोल भल्टमा १७ पटक विश्व रेकर्ड सेट गरे पनि । त्यतिबेला राखेको उनको विश्व रेकर्ड कसैले तोड्ने देखिएको थिएन । त्यसो त उनको रेकर्ड दुई दशकभन्दा बढी सुरक्षित रहँदा कसैले पनि नयाँ विश्व रेकर्ड बनाउन नसकिने संभावनामा थियो ।

जब, २०१४ शुरु भयो, तब बुब्काको त्यो लामो समयसम्म सुरक्षित रहेको विश्व रेकर्ड तोडियो । फ्रान्सका रिनाउड लााभिलेनीले बुब्काको विश्व रेकर्ड तोड्न ६.१६ मिटर उँचाइ उफ्रेका थिए । यो बुब्काको उँचाइ मिटरभन्दा धेरै वढी थियो । योसँगैं पोल भल्टमा धेरै समयपछि नयाँ खेलाडीको जन्म भयो ।
तर, लाभिलेनीको विश्व रेकर्ड भने धेरै वर्ष टिक्न सकेन । फेब्रुवरी २०२० मा २० वर्षका एक ठिटोले लामिलेनीको विश्व रेकर्ड मात्र एक सेन्टिमेटरले ध्वस्त पारिदिए । यो ठिटो खेलाडी हुन् स्विडेनका आर्मान्द दुप्लान्टिस । उनले ६.१७ मिटरको उँचाइ उफ्रेर नयाँ विश्व रेकर्ड राखेका थिए ।

यसपछि केही सातापछि दुप्लान्टिसले ६.१८ मिटरको अर्को विश्व रेकर्ड राखे । अहिले २०२५ मा पुग्दा पनि उनको पोल भल्टमा वर्चश्व कायमै रहेको छ । उनले आफ्नै विश्व रेकर्ड तोडिरहे अरु खेलाडी उनलाई हराउन कोशिस गरिरहे । तर, उनको रेकर्ड तोड्न आजसम्म कोही निस्कन सकेको छैन । यतिका रेकर्डपछि उनी विश्वकै एक लिजेन्ड खेलाडी बने ।

हालै सेप्टेम्बरमा जापानको टोक्यो शहरमा भएको वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपमा दुप्लान्टिसले ६.३० मिटर उफ्रेर नयाँ विश्व रेकर्ड बनाएका छन् । उनको यो १४ औं पटकको विश्व रेकर्ड हो । उनको नजिक एक खेलाडी पुगे । उनी एमानोउइल कारालीस हुन् । उनले अगस्ट २०२५ मा ६.०८ मिटर उफ्रेर दुप्लान्टिसलाई चुनौती दिएका थिए ।

दुप्लान्टिसले उमेर समूहमा समेत रेकर्ड राखेका छन् । उनले सात वर्षको उमेरदेखि १९ वर्षको उमेरसम्म रेकर्ड राखेर रेकर्डमाथि रेकर्ड रचे । जति पनि विश्व रेकर्ड बने त्यो १९९० को दशकमै बनेका थिए । जसमा, हाइ जम्प, ट्रिपल जम्प र लंग जम्पको विश्व रेकर्ड अहिलेसम्म तोडिएका छैनन् । तर, पोल भल्ट भने अलग बनेको छ । पोल भल्टमा १९९४ देखि १५ पटक तोडिँदा १४ पटक दुप्लान्टिस एक्लैले तोडेका छन् । वल्र्ड एथ्लेटिक्सको एक बैठकले समेत विश्व रेकर्ड तोड्नेलाई १ लाख अमेरिकी डलर बोनसको रुपमा दिने निर्णय पनि गरिएको थियो ।

दुप्लान्टिसको उपलब्धिहरूः

-हालै विश्व रेकर्ड ६.३० मिटरको निर्धारण गरेको ।

-२०२० देखि हाल सेप्टेम्बर २०२५ सम्ममा १४ औं पटक विश्व रेकर्ड तोेडेको ।

-वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपमा लगातार तीन स्वर्ण जितेको ।

-२०२२, २०२३ र २०२५ मा लगातार पोल भल्टमा स्वर्ण जित्दा पछिल्लो दुई वटामा विश्व रेकर्ड राखेको ।

-ओलम्पिकमा दुई स्वर्ण लगातार जितेको । २०२० (जापान) र २०२४ (पेरिस) ओलम्पिकमा स्वर्ण जितेको ।

-२२ पटक ६ मिटरको उँचाइ उफ्रेको ।

-मेन्स पोल भल्टमा पछिल्ला ८ विश्व प्रतियोगितामा स्वर्ण जितेको ।

-२०२५ मा प्रतिष्ठित अवार्ड लाउरिस वल्र्ड स्पोर्ट्सम्यान अफ द यअरको अवार्ड प्राप्त गरेको ।