नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ


काठमाडौँ।

भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको हो।

उनी सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । सहकारी ठगीमा फरार भएका शर्मालाई यसअघि सीआईबीले भारतको मुम्बईबाट पक्राउ गरेको थियो ।