काठमाडौँ।
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा केही बेर अघि सुरु भएको हो ।
आजको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गर्नेछ । केन्द्रीय समिति बैठक यही बिहीबारदेखि सुरु हुँदैछ । त्यसका लागि आजको स्थायी कमिटी बैठक निर्णायक रूपमा महत्त्वपूर्ण रहेको माओवादीले जनाएको छ ।











प्रतिक्रिया