विलसनको मैझारोमा मौलिक प्रेमकथा


हास्य कलाकार विलसन विक्रम राई ‘तक्मे बुढा’ द्वारा निर्देशित फिल्म मैझारोको टिजर रिलिज गरिएको छ।

घटस्थापनाको दिन पारेर सोमबार सार्वजनिक १ मिनेट ५८ सेकेण्डको टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ। इलामको रमणीय दृश्यस“गै गाउले परिवेशमा अभिनेता धिरज मगरलाई प्रस्तुत गरिएको टिजरमा चिया बगानमा अभिनेत्री मिरुना मगरलाई चिया टिप्न डोको बोकेको अवस्थामा देखिन्छ।

धिरज र मिरुनाको प्रेम देखाइएको टिजरमा कुनै बाध्यताले धिरज दिया पुनस“ग नजिकिएको पनि देखिएको छ।
तक्मेबुढाको निर्देशनको फिल्म भन्ने बितिक्कै कमेडी शैलीको फिल्म हुने अनुमान जो कहिले गर्न सक्छन्। तर टिजरमा मौलिक प्रेमकथा देखिएको छ। रिलिज गरेको हो।

आगामी कार्तिक ७ गते रिलिजमा आउने फिल्ममा निर्देशक राईकै कथा छ भने अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, राजेशपायल राई, झुमा लिम्बु, मेलिना राई, अस्मिता अधिकारीलगायतको स्वर तथा सौरभ लामाको छायाकन रहेको छ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा धिरज, मिरुना र दियाका साथमा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुलगायतका कलाकारले अभिनय गरेका छन्।